काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक सय दिने योजना बनाउने, सरकारको न्यूनतम साझा कार्यक्रमलाई पनि सोमबारसम्म अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयारी
२) नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्ष सरकारमा सहभागी नहुने माओवादी केन्द्रको बैठकमा प्रचण्डको ब्रिफिङ, जसपा र नेपाल पक्षले केही दिन पर्खिन भनेकाले मन्त्रीमण्डलले पूर्णता नपाएको प्रवक्त नारायणकाजी श्रेष्ठको दाबी
३) नेपाल पक्ष अनुपस्थित नेकपा एमालको स्थायी कमिटीले तोक्यो पार्टी सदस्यताको नवीकरण र अध्यावधिक गर्न समयसीमा, दुई वा तीनवटा अध्यक्ष भन्ने कुराले पार्टी एकतालाई नसघाउने महासचिव पोखरेलको स्पष्टोक्ति
४) युरोपेली संघ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लंघन गरेको अभियोगमा अमेजनलाई ८८ दशमलव ६६ करोड अमेरिकी डलर जरिवाना, जरिवाना ‘तथ्यमा आधारित नरहेको’ भन्दै ‘जोडदार’ प्रतिरोध गर्ने अमेजनको प्रष्टोक्ति
५) र, असोज ३ गतेबाट सुरु गर्ने भनिएको शहिद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम साताबाट सुरु हुने, गत वर्षको तुलनामा लिगको पुरस्कार राशीमा गरियो २५ लाख रुपैयाँ वृद्धि