काठमाडौं- साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई, महन्थ पक्षलाई छुट्टै दल गठन गर्न निर्वाचन आयोगको आदेश, अर्को पार्टी दर्ता गर्ने महन्थ ठाकुर पक्षको प्रतिक्रिया ।
२) चैतसम्म २ करोड ६५ लाख नेपालीलाई कोरोना खोप लगाउने लक्ष्य, ४ करोड २८ लाख डोज पाउने प्रक्षेपण, कोरोनाको तेस्रो लहरको पूर्वसन्ध्यामा रहेको स्वास्थ्य सचिवको भनाइ ।
३) विदेश जाने श्रमिक र विद्यार्थीले प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन पाउने, खोप लगाउनका लागि पासपोर्ट र भिसा देखाउनु पर्ने ।
४) अमेरिकाले आफ्नो बदनाम गरिरहेको चीनको आरोप, अमेरिकाले चीनलाई काल्पनिक दुश्मन सम्झिएको दाबी, खतरनाक नीति र भयानक भ्रमित धारणा परिवर्तन गर्न अमेरिकालाई आग्रह ।
५) र, पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग खेल्ने, काठमाडौं किंग्स एलेभेनबाट आईकोनिक प्लेअर, ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने ।