काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) कांग्रेसको तल्लो तहको अधिवेशन स्थगित, भदौ १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको मिति भने यथावत, तोकिएको समयमा महाधिवेशन गर्न नसकिने कांग्रेस निर्वाचन समितिको भनाइ ।
२) काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउन अनलाइन दर्तालाई अनिवार्य, ५० वर्ष वा त्यो भन्दा कम उमेरसमूहका व्यतिले विद्युतीय दर्ता नम्बर ल्याएमात्र कोरोनाविरुद्धको खोप लगाउने पाउने ।
३) कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकियो, शुक्रराजसँगै पाटन, सशस्त्र प्रहरी बल र निजामती कमर्चारी अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण सुरु ।
४) हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएको जवाफमा चीनले अमेरिकी नागरिक र संस्थाहरूमाथि लगायो प्रतिबन्ध, प्रतिबन्धमा पूर्व अमेरिकी वाणिज्यमन्त्री सहित अमेरिकाका सात नागरिक ।
५) र, टोकियो ओलम्पिकमा आजदेखि नेपालका खेल, सुटिङकी कल्पनाले बनाइन् राष्ट्रिय कीर्तिमान, सुटिङमा इरानले पहिलोपटक जित्यो स्वर्ण, जुडोकी सोनिया भट्ट १ मिनेट १६ सेकेन्डमै पराजित ।