काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) तपाईंलाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने ? भन्दै २२ सांसदलाई एमाले अध्यक्ष ओलीको स्पष्टीकरण, ओलीले स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको नेपाल पक्षको जवाफ ।
२) पूर्वप्रधानमन्त्री तथा अन्य विशिष्ट व्यक्तिको उपचारको विषय निरन्तर विवादमा, जनस्वास्थ्य सेवा ऐन अनुसार सरकारले रकम दिनु गलत भएको गगन थापाको भनाइ ।
३) एकपछि अर्को विवादमा परेको कालीगण्डकी डाइभर्सन आयोजना सर्वोच्च अदालतका दुई आदेशपछि थप अन्योलमा, पूर्ण इजलासमा सुनुवाइ नभएसम्म अन्तरिम आदेशको बारेमा निर्णय नहुने ।
४) पेगासस जासुसीको निशानामा फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रों पनि, ५० देशका १ हजार भन्दा धेरैको जासुसी, गैरकानुनी तरिकाबाट स्पाईवेयर बेचेको आधार बनाएर फ्रान्सद्वारा जाँच सुरु ।
५) र, नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान कुशल भुर्तेलको टी–२० ब्याटिङ वरीयता खस्कियो, सन्दीपको यथावत्, टिम वरीयतातर्फ नेपाल टी२० मा १३औं र ओडिआईमा १६औं स्थानमा ।