काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) नेकपा एमाले एकता कार्यदलको सहमति प्रतिवेदनलाई अन्तिम रुप दिने प्रयास दिन बैठक सिंहदरबारमा जारी, सकेसम्म शुक्रबार अबेरसम्म सहमतिलाई अन्तिम रुप दिन प्रयास भइरहेको रघुजी पन्त र शंकर पोखरेलको दाबी
२) चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप ८ लाख डोज नेपाल आइपुग्यो, दुई करोड २० लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिइएकोमा शुक्रवार समेत गरी पुग्यो ५० लाख ४८ हजार डोज
३) सर्वाेच्च अदालतमा मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएको रिट औचित्यहीन भन्दै खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको माग, पदीय हैसियतले सम्पादन गरेका कामको आधारमा राष्ट्रपति उपर मुद्दा चलाउन नपाइने जिकिर
४) तालिवानले सीमा चौकी कब्जा गरेपछि अफगान सुरक्षाकर्मी र भन्सार अधिकारीहरू इरानीतर्फ भागे, अफगानको ८५ प्रतिशत क्षेत्र आफ्नो कब्जामा रहेको तालीबानको दाबी
५) र, नेपाल एएफसी यू-२३ एसियन कप छनोटमा समूह बी मा, शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको समूहमा ताजिकिस्तानसँगै इरान र लेबनान, समूहको शीर्ष टोलीले सिधै अन्तिम प्रतियोगितामा स्थान बनाउने