काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु, १३ राष्ट्रिय राजमार्ग अवरुद्ध, ५६ वटा एकतर्फी सञ्चालनमा, चितवनमा बाढीले माडी–नारायणगढ सडकखण्ड अवरुद्ध, चेपाङ बस्ती डुवानमा ।
२) पार्टीलाई एकताबद्ध भएको घोषणा गर्न लागिरहेको नेकपा एमाले एकता कार्यदलका सदस्य सुवास नेम्वाङको दाबी, वार्ता निष्कर्षमा पुग्न अब लामो समय नलाग्ने गोकर्ण विष्टको प्रतिक्रिया ।
३) बालुवाटारको ११३ रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश, विशेष अदालतमा दायर भएको मुद्दा फैसला नहुँदै हतारमा सूचना जारी गरेको टिप्पणी ।
४) हाइटीका राष्ट्रपति मोइसीको हत्यापछि अन्तरिम प्रधानमन्त्री जोसेफले राष्ट्र प्रमुखको कार्यभार सम्हाल्ने, राष्ट्रको नाममा सम्बोधन गर्दै संकटकालको घोषणा, हत्यामा संलग्न भनिएका चार जना मारिए ।
५) र, युरोपियन फुटबलको नियामक निकायले इंग्ल्यान्ड फुटबल एसोसिएशनलाई कारबाही गर्ने, इंग्ल्यान्ड समर्थकले ‘लेजर लाइट’ देखाएर खेल प्रभावित गर्न खोजेको आरोप ।