काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) संसद विघटनसम्बन्धी मुद्दामा जारी सुनुवाइअन्तर्गत अब ४ घण्टा मात्र बहसको समय बाँकी, सोमबार बहस टुंग्याएर यही हप्ताभित्र फैसला सुनाउने अदालतको तयारी
२) कोभिड यूनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमद्वारा पदको दुरुपयोग, गरे आफ्नै व्यावसायिक साझेदार सुन्दर भुसालको म्याग्सिम इन्कर्पोरेसन ट्रेडस प्रालिलाई ठेक्का दिने निर्णय
३) एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई संवादमा ल्याउने दोस्रो तहका नेताहरुको प्रयास असफल, आइतबार दुवै पक्षका नेताहरुले भेटेर गरेको संवादको आग्रह नेपालद्वारा अस्वीकार।
४) कोेभिडको दुवै डोज खोप लगाएमा सङ्क्रममित भएपनि मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने अध्ययनबाट पुष्टि, एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशत जति सुरक्षा प्रदान गर्ने देखिएको विज्ञको भनाइ
५) र, इक्वेडरलाई ३–० गोल अन्तर पराजित गर्दै अर्जेन्टिना जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश, अर्जेन्टिनाको जितमा कप्तान मेस्सीको उत्कृष्ट प्रदर्शन, एक गोल गर्दै दुई गोलका लागि उत्कृष्ट पास