काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) साउन २५ देखि २७ गतेसम्म विधान महाधिवेशन गर्ने एमालेको निर्णय, फैसला हुँदासम्म जसले हस्ताक्षर फिर्ता लिन्नन्, ती एमाले नभएको प्रधानमन्त्री ओलीको तर्क ।
२) मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर ४० जनाको मृत्यु, २४ जना बेपत्ता, देशभरका १७ राजमार्ग अवरुद्ध, ५३ वटा एकतर्फी सञ्चालन, सप्तरीका ५ सय घर डुबानमा ।
३) नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विवाद भएका स्थानमा १३औं महाधिवेशनकै प्रतिनिधि कायम गर्ने निर्णय, समितिले समाधान निकाल्न सक्ने स्थानमा क्रियाशील सदस्य टुंग्याउने ।
४) दुई सयभन्दा धेरै अमेरिकी कम्पनीमा साइबर हमला, आईटी कम्पनी कासिया ह्याकरको निशानामा, हमलामा रुससँग सम्बन्ध रहेका ह्याकरहरुको संलग्नता रहेको हन्ट्रेस ल्याब्सको दाबी ।
५) र, जारी युरो कप फुटबलमा शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदै, पहिलो खेलमा चेक रिपव्लिकले डेनमार्कको सामना गर्दैै, दोस्रो खेलमा युक्रेन इंग्ल्यान्डसँग भिड्दै ।