काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) देशका विभिन्न भागमा वर्षा जारी रहेकाले आज नदीहरुमा बाढीको जोखिम उच्च, तटीय क्षेत्र तथा डुवान भइरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह ।
२) राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले गरेर मात्रै नपुग्ने सांसद राध्येश्याम अधिकारीको भनाइ, प्रधानमन्त्रीले तेस्रो पटक पनि संसद् विघटन गरे गिनिज बुकमा नाम लेखिने दिनानाथ शर्माको टिप्पणी ।
३) प्रतिनिधि सभा विघटनको मुद्दामा राष्ट्रपतिको निर्णय बदर हुन नसक्ने प्रधानमन्त्रीका कानुन व्यवसायीको तर्क, प्रधान न्यायाधीशको प्रश्न– ओलीले संविधान बचाउन किन अरुलाई नछोडेको ?
४) चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दी समारोहमा विरोधीलाई राष्ट्रपति शी चिनफिङको चेतावनी, अब कसैसँग नदब्ने दाबी, चीनलाई कम आकलन गर्नेले १.४ अर्ब मानिसको शक्तिसँग जुध्नुपर्ने तर्क ।
५) र, नेपाली फुटबल टोलीको बन्द प्रशिक्षण एक साता स¥यो, पहिलो रिपोर्टमा ११ फुटबल खेलाडीसहित २० जनामा कोरोना संक्रमण देखिएकोमा ११ खेलाडीसहित १३ जनाको दोस्रो रिपोर्ट नेगेटिभ ।