काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) चूडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख माग दाबी गर्दै मुद्दा दर्ता, वदनियतपूर्वक करदाताहरुसँग कर फर्छ्यौट सम्झौता गरी राजस्व छली गरेको अख्तियारको दाबी ।
२) महामारीका कारण रोकिएका परीक्षा साउन पहिलो साताबाट सञ्चालन गर्ने त्रिभुवन विश्व विद्यालयको तयारी, वार्षिक प्रणालीमा अध्ययन गरेका विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय ।
३) आन्तरिक हवाई उडान असार १७ गतेदेखि शुरु हुने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा उडान गन्तव्य तय गरिने, उडान व्यवस्थापनको जिम्मा पर्यटन मन्त्रालयलाई ।
४) चीनले चार कम्पनीलाई दियो कोरोनाविरुद्ध खोप बिक्रीको अनुमति, विकासशील मुलुकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय खोप उपलब्ध गराउने नीतिलाई खोप उत्पादक कम्पनीहरुले ध्यान दिने चीनको विश्वास ।
५) र, टोकियो ओलम्पिक खेल सुरु हुन ३० दिन बाँकी, खेलको समयमा स्टेडियम बाहिर मादक पेय पदार्थको बिक्री वितरण र सेवनमा प्रतिबन्ध ।