काठमाडौं- साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन पुष्टि, यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेरकालाई जोखिम, सचेत र जिम्मेवार बनि जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न अनुरोध ।
२) योगको उत्पत्ति नैपालमै भएको हो प्रधानमन्त्री ओलीको दाबी, त्यतिबेला भारतको अस्तित्व नै नभएको तर्क, हिमाली जडिबुटीको अध्ययन बनारसमा बसेर गर्न नसकिने उल्लेख ।
३) १३ औं महाधिवेशन भन्दा समय अहिले सहज रहेको देउवानिकट केन्द्रीय सदस्यहरूको निष्कर्ष, निधि सभापितमा उठ्नु अधिकारको कुरा रहेको तर्क, विमलेन्द्रनिवासमा शशांक र प्रकाशमान सिंहबीच भेट ।
४) पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकी न्युज वेबसाइट एक्जियसलाई दिएको अन्तर्वार्ता बिवादमा, पाकिस्तानमा बढ्दो महिला हिंसाजस्ता अपराधको जड महिलाले लगाउने कपडा भएको तर्क ।
५) र, कतारले विश्वकप फुटबल हेर्न जाने १० लाख खेलप्रेमीलाई कोरोनाविरुद्धको खोप लगाइदिने, कोरोनाविरुद्धको खोपको पूरा डोज नलिई स्टेडियममा प्रवेश गर्न अनुमति नपाइने