१) गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त, पोखरेललाई कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमो र एक जना स्वतन्त्र सांसद्को साथ।
२) प्रदेश १, २ र बागमतीमा यस वर्षको मनसुन भित्रियो, यस वर्ष नेपालमा विगतकोभन्दा धेरै वर्षा हुने मौसमविद्को अनुमान, केही दिनमै मौसमी गतिविधि बढ्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अपिल।
३) स्थानीय तहहरुले पनि अब मध्यमकालीन खर्च संरचना बनाएर कार्यान्वयनमा ल्याउनुपर्ने, ७५३ वटै स्थानीय तहलाई परिपत्र गरी 'मध्यमकालीन खर्च संरचना तर्जुमा दिग्दर्शन २०७८' पठाइयो।
४) कोरोना खोपको दुई डोज बीचको फरक धेरै राखिए संक्रमणको खतरा बढ्ने अमेरिकी राष्ट्रपतिका सल्लाहकार डा. फाउचीको चेतावनी, दुई डोज बीचमा फरक चार हप्ता हुनुपर्ने उल्लेख।
५) र, युरोकप फुटबलको उद्घाटन खेलमा इटालीको विजयी सुरुआत, टर्की ३-० गोलअन्तरले पराजित, जितसँगै समूह ‘ए’ को इटालीको पहिलो खेलमा तीन अंक।