काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने मन्त्रिपरिषद् बैठकको निर्णय, धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा जाने, संघीय संसद्को अधिवेशन जेठ ९ गते आह्वान गर्न सिफारिस ।
२) सांसद नरहेका सात जना मन्त्रीको नियुक्ति गैरसंवैधानिक भएको सर्वोच्च अदालतको ठहर, काम गर्न नदिन आदेश, सर्वोच्चको आदेश कार्यान्वयन गर्ने परराष्ट्रमन्त्री ज्ञवालीको दाबी ।
३) राष्ट्रिय सभाको उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा बादललाई हराउँदै खिमलाल देवकोटा निर्वाचित, देवकोटालाई ५ हजार ८८ र बादललाई ४ हजार १४ मतभार ।
४) मध्यपूर्वमा जारी हिंसाबाट लाखौँ बालबालिका असुरिक्षत र अवस्था नाजुक भएकाले हिंसा अन्त्य गर्न युनिसेफको आग्रह, एक दुई दिनभित्रै गाजामा युद्धविराम हुने हमास नेताको भनाइ ।
५) र, पेरिस सेन्ट जर्मेनलाई फ्रेन्च कप फुटबलको उपाधि, फाइनलमा मोनाकोलाई २–० गोल अन्तरले पराजित गरेको पीएसजी १४ औं पटक फ्रेन्च कपको उपाधि जित्न सफल ।