काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) पछिल्लो २४ घण्टामा १६८ कोरोना संक्रमितको मृत्यु, ९ हजार ३०५ जनामा कोरोना संक्रमित, चिकित्सक संघले देशभर घोषणा ग¥यो ’रेड अलर्ट’, सबै एक जुट हुन अपिल ।
२) विपक्षी गठबन्धनलाई राष्ट्रिय जनमोर्चाका दुई सांसदले साथ नदिएपछि गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ नै पुनः मुख्यमन्त्री, गुरुङले प्रदेश सभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने ।
३) नेपाल राष्ट्र बैंकद्वारा नौ महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, चैतसम्मको मूल्यवृद्धि ३ प्रतिशत, घिउ–तेलमा सबैभन्दा बढी २१.३८ प्रतिशतको वृद्धि ।
४) इजराइल तथा प्यालेस्टिनी विद्रोहीबीच गाजामा चर्किरहेको सङ्घर्ष पूर्ण युद्धतर्फ धकेलिने संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्तिदूतको चेतावनी, दुवै पक्षलाई तनाव अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायको आह्वान ।
५) र, बंगलादेश भ्रमणको लागि श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमको घोषणा, कुशल परेराको कप्तानीमा १८ सदस्सीय टिम, सिरिजको पहिलो खेल मे २३ मा हुने ।