काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ४ हजार १०६ जना संक्रमित थपिए, २ हजार ९०५ जना कोरोनामुक्त, मृत्युको हुनेको संख्या ५०
२) राष्ट्रिय सभा उपनिर्वाचनका तीनजनाद्वारा उम्मेदवारी दर्ता, गठबन्धनबाट डाक्टर खिमलाल देवकोटा, एमालेबाट रामबहादुर थापा बादल र नेमकिपाबाट कृष्णबहादुर तामाङ
३) जसपाका महन्द्र ठाकुर र राजेन्द्र महतो पक्ष तटस्थ बस्ने तयारीमा, आफू पक्षको मतले मात्रै ओली सरकार नजोगिने भएपछि पार्टीलाई फुटबाट बचाउन बनाइयो यस्तो रणनीति
४) भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उनकी पत्नी अभिनेत्री अनुष्का शर्माद्वारा कोरोना कोषमा २ करोड भारू सहयोग, ७ करोड भारू सहयोग उठाउने लक्ष्यसहित आर्थिक अभियान सुरु
५) र, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूरोपा लिग फुटबलको फाइनलमा प्रवेश, सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३–२ गोल अन्तरले पराजित भएपनि ८–५ को जित, फाइनल भिडन्त भिल्लारियलसँग