काठमाडौं- कोरोना संक्रमणको दोस्रो लहर भयावह बन्दा देश नै ठप्प हुन थालेको छ। अहिले निषेधाज्ञा लगाइएका जिल्लाको संख्या ५६ पुगेको छ। यो बढ्ने क्रममा छ।
दैनिक जनजीवन ठप्प छ। गरिखानेलाई गुजाराकै समस्या हुनथालेको छ। काठमाडाैं उपत्यकामा २९ वैशाख राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको छ। खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ।
सडकमा पासप्राप्त छिटफुट सवारी साधन मात्र चलिरहेका छन्। सँधै भिडभाड र उकुसमुकुस हुने काठमाडौं निषेधाज्ञाका बेला भने सास फेर्न थालेझैं देखिन्छ।
जस्तो कि खुला सडक र त्यसकै बीचमा खुलेको रानीपोखरी। अनि २१ तले धरहरा। र, सडक छेउमा फुलिरहेका ज्याकाराण्डाले थप मनमोहक बनाइरहेका छन् शहरलाई।