काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) कोरोना संक्रमण रोक्न देशका २५ जिल्लामा निषेधाज्ञा जारी, शय्या अभाव भएकाले थप कोरोना संक्रमितको उपचार गर्न नसकिने डडेल्धुरा अस्पतालद्वारा जानकारी ।
२) गत २४ घण्टामा थप ५ हजार ७०६ जनामा कोरोना संक्रमण पुष्टि, १९ संक्रमितको मृत्यु, देशभर ४३ हजार २१३ जना सक्रिय संक्रमित ।
३) भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात सुरु, भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र ।
४) अष्ट्रेलियाले लगायो भारतमाथि यात्रा प्रतिबन्ध, भारतबाट घर फर्कने अष्ट्रेलियालीलाई पाँच वर्ष जेल र ६६ हजार डलर जरिवाना, १५ मेमा उक्त निर्णयको पुनरावलोकन हुने ।
५) र, कोराना भाईरसलाई मध्यनजर गर्दै सम्पूर्ण भलिबल गतिविधि केहि समयका लागि स्थगित गर्ने नेपाल भलिबल संघको निर्णय, तय भएका प्रतियोगिताहरु पनि रोकिने ।