काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) माधव नेपाल पक्षका सांसदलाई कारबाही गर्ने ‘ब्ल्यांक माइन्युट’मा एमाले केन्द्रीय सदस्यहरुको हस्ताक्षर, अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको बालुवाटारको बुझाइ
२) परीक्षण गरिएका मध्य एक तिहाइमा देखियो कोरोना संक्रमण, संक्रमितमध्ये १ हजार ४ सय ९८ जना काठमाडौं उपत्यकामै, २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु
३) सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रष्टोक्ति, बाँकेमा एक साताका लागि लकडाउन, उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालय बन्द ।
४) इराकको एक अस्ततालमा अक्सिजन सिलिन्डर पड्किँदा मृत्यु हुनेको संख्या ८३, ११० जना घाइते, १२० बिरामी र ९० कुरुवाको उद्धार
५) र, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित, लिभरपुल भने न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिया, ३३ खेलबाट ५४ अंकसहित लिभरपुल तालिकाको छैटौँ स्थानमा ।