काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नवनिर्मित धरहराको उद्घाटन, धरहरा दुर्घटनाका प्रभावितलाई रोजगारीको अवसरमा प्राथमिकता दिइने, सर्वसाधारणका लागि भने करिब आठ महिनापछि मात्रै खुला गरिने ।
२) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दियो पाँच निजी अस्पताललाई मात्रै विदेश जानेको पिसिआर परीक्षण गर्ने अनुमति, यात्रामा जाने व्यक्तिको पहिचान खुल्ने कागजात परीक्षणपछि मात्र नमुना संकलन गर्ने ।
३) बृहत् नागरिक आन्दोलको अपिल : खुला ठाउँ, चौर र वनबाटिका मौलाउन नसकेको सहरमा लोकतन्त्र फस्टाउन नसक्ने भनाइ, टुँडिखेलबाट सेना हटाउन आग्रह ।
४) भारतको दिल्लीस्थित जयपुर गोल्डेन अस्पतालमा अक्सिजन सकिँदा उपचाररत २० बिरामीको मृत्यु, ३५ जना आइसियुमा, २१५ जना कोरोनाका बिरामी जोगाउन सहयोग माग ।
५) र, आयोजक नेपाललाई त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि, नेदरल्याण्ड्स १४२ रनले पराजित, नेपालका लागि दुई व्याट्सम्यान कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकीय इनिङ्स ।