काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न र राजश्व बुझाउने प्रणाली सञ्चालनमा, नापी प्रशासनमा असाधारण उपलब्धि भएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी।
२) गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाका कांग्रेस, माओवादी केन्द्र, जसपाका २८ सांसदको हस्ताक्षरसहित प्रदेशको विशेष अधिवेशन माग गर्दै निवेदन।
३) नेपाल ट्रष्टले काठमाडौंको कमलादीस्थित काठमाडौं प्लाजा भवनमा अवैध व्यापार गरिरहेका व्यवसायीलाई १० महिनापछि हटायो, भवनमा अटेरी गरेर बसेका व्यवसायीको फर्म सिल।
४) ’सैन्य स्रोतका साथ’ नभए पनि अमेरिकाले अफगानिस्तानलाई सहयोग जारी राख्ने राष्ट्रपति जो वाइडेनको वाचा, अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला भएको भनाइ।
५) र, इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिड युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा, फाइनल प्रवेशका लागि पीएसजीले सिटी र रियलले चेल्सीको सामना गर्ने।