काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) राष्ट्रियसभामा नेकपा उपाध्यक्ष वामदेव गौतम– अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपथ्र्यो, प्रचण्ड–नेपाल समूहले पनि आफ्नै नेताविरुद्ध अविश्वास प्रस्ताव लैजान नहुने बुझाइ ।
२) विशाल ग्रुपले जित्यो ग्रेटवाल मोटर्स भित्र्याउने ’कर्पोरेट वार’, डिसेम्बर ३१ मा विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्स प्रालि र जिडब्लुएमबीच सम्झौता ।
३) नेप्से सूचकमा दिनदिनै नयाँ रेकर्ड बन्ने क्रम जारी, थप १५ अंकको सुधार सहित २१९४ दशमलव ४८ अंकको नयाँ रेकर्ड, ५ अर्ब ८७ करोड रुपैयाँको कारोबार ।
४) अमेरिकी संसद भवनमा भएको हिंसामा ४ जनाको मृत्यु, राजधानी वाशिङटन डिसीमा १५ दिनका लागि ‘नागरिक आपतकाल’ घोषणा, राष्ट्रपति ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि लक ।
५) र, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको जित, एथ्लेटिक विल्बाओलाई ३–२ गोलअन्तरले पराजित, जितसँगै बार्सिलोना १७ खेलबाट ३१ अंकसहित तेस्रो स्थानमा उक्लियो ।