काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) अहिले पनि कुर्सी खाली भएकाले पुनः पार्टीमा आउन प्रचण्ड–नेपाललाई प्रधानमन्त्री ओलीको आग्रह, वैशाख १३ देखि पुस ४ सम्म पार्टी फुटाउन खुमलटारमा २८० वटा बैठक बसेको दाबी ।
२) प्रतिनिधिसभा विघटन ः राष्ट्रपति र प्रधानमन्त्रीद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस, प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको सर्वोच्चलाई सभामुख अग्नि सापकोटाको जवाफ ।
३) एनसेलको स्वामित्व बिक्री ः आयकर ऐनको दफा ५७ अनुसार ६० अर्ब रूपैयाँ कर निर्धारण, ठूला करदाता कार्यालयले पुस २९ गतेभित्र एनसेलमाथि कर निर्धारण भएको पत्र दिने ।
४) अफगानिस्तानमा राजनीतिकप्रेरित हत्या र हिंसाका घटना जारी रहेकै अवस्थामा कतारमा पुनः शान्ति वार्ता सुरु, वार्ता धेरै जटिल र समय लाग्न सक्ने सम्भावना ।
५) र, एपिएफलाई हराउँदै प्रधानमन्त्री कप टी ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपधि प्रदेश नम्बर १ लाई, उपाधिसँगै प्रदेश नम्बर १ ले पाँच लाख रुपैयाँ पाउने ।