काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) प्रचण्ड–नेपाललाई ओलीको व्यंग्य– रत्नपार्कमा सिसीमा औषधी बेच्नेले पनि त्यति मान्छे जम्मा पार्न सक्छ, संसद विघटन केपी ओलीको सहासिक कदम भएको गृहमन्त्री बादलको दाबी ।
२) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहद्वारा एक महिनाभन्दा बढी अवधिको दोश्रो चरणको आन्दोलनको घोषणा, प्रतिनिधि सभा विघटनविरुद्धको संघर्षका कार्यक्रम केन्द्रदेखि वडा तहसम्म हुने ।
३) सरकारी संयन्त्रमार्फत् नेपाली श्रमिकहरु जापान रोजगारीमा जान पाउने गरी नेपाल–जापानबीच श्रम समझदारी भएको दुई वर्ष, कामदारको मागपत्र ल्याउन असहज हुने देखिएसँगै ‘तेस्रो संयन्त्र’ राख्ने सरकारको तयारी ।
४) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमै पहिलोपटक रक्षा खर्चबारे राष्ट्रपतिको भिटोलाई संसद्ले उल्ट्यायो, नयाँ परित ७४० अर्ब डलरको विधेयकले आउँदो वर्षको रक्षा नीतिका लागि खर्च जुटाउने ।
५) र, दाङ लमहीस्थित देउखुरीमा जारी प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ फाइनलमा प्रवेश, अब प्रदेश–१ ले उपाधिका लागि एपीएफसँग खेल्ने ।