काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) ६ महिनापछि शुरु भयो राष्ट्रिय सभाको हिउँदे अधिवेशन, प्रतिनिधी सभा विघटनका विषयमा प्रतिपक्षसहित सत्तापक्षकै सांसदहरुको विरोध, अर्को बैठक पुस २३ गते
२) नेकपा राजनीति विवाद प्रदेश २ मा पनि प्रवेश, प्रधानमन्त्री केपी शर्मा ओली पक्षका संसदीय दलका नेता सत्यनारयण मण्डलविरुद्ध दर्ता भयो अविश्वासको प्रस्ताव
३) संसद विघटनपछि विभाजित नेकपा कुनै खेमामा नलागेका उपाध्यक्ष वामदेव गौतम दाहाल–नेपाल पक्षमा उभिने संकेत, प्रतिनिधि सभा विघटन विरुद्ध एकमत बनाएर जाने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल
४) अमेरिकाको तल्लो सदनका १ सय ४० रिपब्लिकन सांसदले राष्ट्रपतिमा जो बाइडेनको विपक्षमा, नतिजा परिवर्तन गर्ने सम्भावना नरहेपनि बाइडेनको जितलाई औपचारिकता दिन केही घण्टा ढिलाइ हुने
५) र हिमालयन मोटरल्याण्ड सर्किट स्पोर्ट्सको उद्घाटन, अल्टिमेट हिमालयन मोटर ल्याण्डले एकेडेमी मोडलमा ‘हिमालयन मोटरल्याण्ड सर्किट स्पोट्र्स’ गर्दै
पूरा समाचार भिडियोमा