काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू:
१) प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई नेकपाको प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेताबाट हटायो, दलको नेतामा भीम आचार्यलाई चयन, मुख्यमन्त्रीमा प्रस्तावित आचार्यसहित १५ सांसदलाई मुख्यमन्त्रीले गरे निलम्बन
२) अदालतलाई प्रभाव पार्ने गरी कांग्रेसले आन्दोलन नगर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइ, संसद भंग गर्ने सरकारको निर्णय असंवैधानिक भएको तर्क
३) वाणिज्य बैंकको सेयर उचालिँदा नेप्से सूचक सर्वाधिक उचाइमा, २५.११ अंकले सुधार भएर २०८७.२७ अंक कायम, ५ अर्ब ७० करोड रुपैयाँको कारोबार ।
४) यमनको विमानस्थलमा नयाँ मन्त्रीमण्डल लक्षित विष्फोटमा २२ जनाको मृत्यु, ५० बढी घाइते, आफू र मन्त्रीमण्डलका सदस्यहरु सकुशल रहेको प्रधानमन्त्री सइदद्वारा जानकारी
५) र, दाङको लमहीमा जारी प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश ७ रनमा अलआउट, ९ खेलाडी शून्यमा आउट, प्रदेश नम्बर एक १४१ रनले विजयी
पूरा समाचार भिडियोमा