काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) कानून संशोधन गरेरै बलात्कारीलाई मृत्युदण्ड वा नपुंसक बनाउने व्यवस्था गर्न संघीय संसदका महिला सांसदहरूको माग, कमजोर कानूनका कारण बलात्कारका घटना बढेको तर्क । ( बलात्कारीलाई मृत्युदण्डको माग )
२) २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु, ४८१ पुगे मृतक, काठमाडौं उपत्यकामा ८१७ सहित १ हजार ३५१ जनामा संक्रमण, ७४ हजार ७४५ पुगे संक्रमित । ( नेपालमा ४८१ पुगे मृतक)
३) अवैध नेटवर्किङ धन्दा गर्ने २१ कम्पनी र ५० व्यक्तिमाथि अनुसन्धान गर्न सिआइबीलाई वाणिज्य विभागको पत्र, कारबाहीको प्रकृयामा ल्याउन ६ वटा कानुन आकर्षित हुने विज्ञको भनाइ । ( नेटवर्किङ धन्दाको अनुसन्धान गर्न सिआइबीलाई पत्र )
४) अमेरिकी राष्ट्रपति ट्रम्पले विगत १५ वर्षमा १० वर्ष आयकर नतिरेको दि न्युयोर्क टाइम्सको दाबी, राष्ट्रपतिमा निर्वाचित भएको वर्षमा ७५० डलरमात्र कर तिरेको भनाइ । ( ट्रम्पले आयकर नतिरेको दाबी )
५) र, स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको विजयी सुरुवात, भिल्लारियलमाथि ४–० गोल अन्तरको फराकिलो जित, अंशु फातीको २ गोल । ( बार्सिलोनाको विजयी सुरुवात )