काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) डा. गोविन्द केसीको शनिबार अनसनको १३ औं दिन, केसीको पक्षमा काठमाडौंको माइतीघरमा प्रदर्शन, प्रदर्शन सुरु नहुँदै प्रहरीद्वारा हस्तक्षेप
२) २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु, ४६७ पुगे मृतक, काठमाडौं उपत्यकामा ७२४ सहित १ हजार २०७ जनामा संक्रमण, ७१ हजार ८२१ पुगे संक्रमित
३) पिसिआर परिक्षणमा बढी शुल्क लिने ल्याबलाई सरकारको अन्तिम चेतावनी, सरकारले तोकेको शुल्क २ हजारभन्दा बढी लिएको अवस्थामा लाइसेन्स खारेज गर्ने
४) उत्तर कोरियाली नेता किमसँग विना सर्त भेट्न चाहेको जापानका नयाँ प्रधानमन्त्री सुगाको भनाइ, टोकियो र प्योङयाङबीच रचनात्मक र सन्तुलित सम्वन्धको पक्षमा रहेको स्पष्ट
५) र, इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सको लगातार दोस्रो जित, १७६ रनको लक्ष्य पछ्याएको चेन्नाई सुपर किंग्स ४४ रनले पराजित
पूरा समाचार भिडियोमा