काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) भेटियो नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर पिल्लर, हुम्लाका सहायक सिडियोलाई २४ घण्टे स्पष्टीकरण, पिल्लर भेटाएपछि रेखाँकन गर्ने काममा प्राविधिक लागिरहेको जिल्ला प्रशाशन हुम्लाको भनाइ
२) २४ घण्टामा थप १७ कोरोना संक्रमितको मृत्यु, ४५३ पुगे मृतक, काठमाडौं उपत्यकामा ७५५ सहित १ हजार ४९७ जनामा संक्रमण, ६९ हजार ३०१ पुगे संक्रमित
३) मल ठेक्का प्रकरणमा ठेकेदार कम्पनीले सम्झौता अनुसारको दायित्व पुरा नगरेको भन्दै उच्च अदालत पाटनद्वारा अन्तरिम आदेश दिन अस्वीकार, कम्पनीलाई कालोसूचीमा राख्ने बाटो खुल्यो
४) अमेरिकामा ब्रिओना टेलर मृत्यु प्रकरणमा बृहत जुरीको फैसलाविरुद्धको प्रदर्शनमा दुई प्रहरीमाथि गोली प्रहार, लुइजभिलमा आपतकालीन अवस्था घोषणा, तीन दिनका लागि कर्फ्यू जारी
५) र, महिला क्रिकेटरलाई ग्रेडिङ गरेर पारिश्रमिक निर्धारण गर्नु स्वागत योग्य कदम भएको खेलाडीको प्रतिक्रिया, महिला क्रिकेटको स्तर बढाउन अन्तर्राष्ट्रिय अनुभव र घरेलु प्रतियोगिता बढाउनुपर्ने सुझाव
पूरा समाचार भिडियोमा