काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष ‘प्रचण्ड’को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बस्यो, सचिवालयले तय ग¥यो ४ कार्यसूची । ( नेकपा सचिवालयले तय ग¥यो ४ कार्यसूची )
२) २४ घण्टामा थप १० कोरोना संक्रमितको मृत्यु, ४११ पुगे मृतक, काठमाडौं उपत्यकामा ७६७ सहित १ हजार ३२५ जनामा संक्रमण, ६४ हजार १२२ पुगे संक्रमित । ( नेपालमा ४११ पुगे मृतक)
३) पुँजीगत लाभकरको दर घटाउँदा पनि शेयर लगानीकर्ताले बुझाए १ अर्ब लाभकर, सरकारले करको दर घटाउँदा पुँजीगत लाभकर संकदन ५९ प्रतिशतले बढ्यो । ( शेयर लगानीकर्ताले बुझाए १ अर्ब लाभकर )
४) रुसले कोरोना संक्रमितको उपचारका लागि पहिलो औषधि फार्मेसीमा बिक्री गर्न स्वीकृति दियो, एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने । ( कोरोनाविरुद्धको एन्टिभाइरल औषधि बेच्न रुसको स्वीकृति )
५) र, युएईको अबुधाबीमा सुरु भएको इन्डियन प्रिमियर लिग क्रिकेटको उद्घाटन खेलमा चेन्नाई सुपर किंग्सको विजयी सुरुवात, डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स ५ विकेटले पराजित । ( चेन्नाईको विजयी सुरुवात )