काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) सबै प्रकारका संकीर्णता र आग्रह–पूर्वाग्रह छाड्न प्रधानमन्त्री ओलीको आग्रह, संविधान सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी भएको कांग्रेस सभापति देउवा भनाइ । ( संविधानका पाँच वर्ष )
२) २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु, ४०१ पुगे मृतक, काठमाडौं उपत्यकामा ७११ सहित १ हजार २०४ जनामा संक्रमण, ६२ हजार ७९७ पुगे संक्रमित । ( नेपालमा ४०१ पुगे मृतक)
३) अवैध नेटवर्किङ धन्दाबाट ठगिएको भन्दै दर्जन बढी कम्पनीविरुद्ध वाणिज्य विभागमा उजुरी, अनुसन्धान भइरहेको र चाँडै कारबाहीको दायरामा ल्याउँने विभागद्वारा जानकारी । ( अवैध नेटवर्किङ धन्दाबाट ठगिएको गुनासो )
४) फिलिपिन्सका राष्ट्रपति रोड्रिगोद्वारा जारी संकटकाल एक वर्ष थप, कोरोना भाइरसको महामारीलाई कारण देखाउदै अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म संकटकाल कायम रहने । ( फिलिपिन्सका राष्ट्रपतिले लम्ब्याए संकटकाल )
५) र, स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टामेउविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, २० हजार ७ सय ३१ जनाको हस्ताक्षर, राजीनामा दिन दबाब । ( बार्सिलोना अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव )