काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) असोज १ देखि लामो दूरीका सार्वजनिक बस चलाउन व्यवसायी र मजदुर तयार, विभागले मापदण्ड बनाउने, आन्तरिक उडान ५ गतेबाट, २५ प्रतिशत मात्रै उडान । ( भोलीदेखि सार्वजनिक यातायात चल्ने )
२) २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु, ३७९ पुगे मृतक, काठमाडौं उपत्यकामा ७३७ सहित १ हजार ५३९ जनामा संक्रमण, ५८ हजार ३२७ पुगे संक्रमित । ( नेपालमा ३७९ पुगे मृतक)
३) शैक्षिक सत्र खेर नजाने गरी ल्याइयो ‘पाठ्यवस्तु समायोजन ढाँचा’, नयाँ ढाँचा अनुसार एउटा पाठ्यपुस्तकलाई दुई भागमा विभाजन, पहुँच अनुसार सिकाइ हुने । ( पहुँच अनुसार सिकाइ हुने )
४) जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित, ४६५ सदस्यमध्येबाट ३१४ मत प्राप्त, कोरोना महामारीले तहसनहस भएको अर्थतन्त्र उकास्न आफ्नो जोड रहने प्रतिक्रिया । ( जापानको नयाँ प्रधानमन्त्रीमा सुगा निर्वाचित )
५) र, नेपाली राष्ट्रिय यु २३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने, ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादमा अनुबन्धित । ( राजेश भारतीय क्लबमा अनुबन्धित )