काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टायता थप १४ जना कोरोना संक्रमितको मृत्यु, ३३६ पुगे मृतक, काठमाडौं उपत्यकामा ४३१ सहित १ हजार २०२ जनामासंक्रमण, ५३ हजार १२० जना पुगे संक्रमित । ( नेपालमा ३३६ पुगे मृतक)
२) निम्न स्तरको गाली गलौज नगर्नेलाई मात्रै राजनीतिक नियुक्ति गर्नुपर्ने नेकपा नेता नेपालको भनाइ, उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने विषय प्रधानमन्त्री ओलीको तजबिजीमा निर्भर । – गौतमको सिफारिस प्रधानमन्त्रीमा निर्भर )
३) मल खरिद ठेक्का तोडिएको एक हप्तापछि सैलुङको स्पष्टिकरण, ‘मलका कारण मारमा परेका किसानलाई सामाजिक उत्तरदायित्वअन्तर्गत ४० लाखसम्मको राहत प्याकेज ल्याउने घोषणा’ । ( सैलुङको स्पष्टिकरण )
४) अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगान सरकार र तालिवान वार्ता टोलीसँग छुट्टाछुट्टै वार्ता गर्ने, सबैभन्दा लामो युद्ध अन्त्य गर्ने अमेरिकाको एउटा पहल भएको प्रतिक्रिया । ( अफगानिस्तान सरकार र तालिवानबीच वार्ता हुँदै )
५) र, इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शनिबारबाट सुरु हुँदै, पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले नवप्रवेशी क्लब लिड्ससँग प्रतिस्पर्धा गर्दै । ( आजबाट सुरु हुँदै प्रिमियर लिग )
पूरा समाचार भिडियोमा