काठमाडौं- मंगलबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टायता ६ जना संक्रमितको मृत्यु, ३०६ पुगे मृतक, काठमाडौं उपत्यकामा ३९६ सहित थप ९०२ जनामा कोरोना संक्रमण, ४८ हजार १३८ पुगे संक्रमित । ( नेपालमा ३०६ पुगे मृतक )
२) निश्चित ठेकेदारले पाउने गरी ठेक्का लगाइएको, जग्गाको मुआब्जा विवाद नसुल्झिएकोलगायत आलोचनपछि रेल मार्गको ठेक्का रद्द, पूर्वपश्चिम रेलमार्गका ५४ वटा ठेक्का रोकिए । ( पूर्वपश्चिम रेलमार्गका ५४ ठेक्का रद्द )
३) आर्थिक वर्षको कुनै एक महिनामा पुँजी कोष कायम नभएमा पनि लाभांश दिन नपाउने, दुई प्रतिशतभन्दा धेरै संस्थापक शेयरधनीले शेयर कर्जा लिँदा राष्ट्र बैंकको अनुमति चाहिने । ( राष्ट्र बैंकद्वारा एकिकृत निर्देशन २०७६ संशोधन )
४) भारतीय र चिनियाँ सैनिकबीच पूर्वीलद्दाखमा दोहोरो फायरिङ, भारतीय सेना चीनमा प्रवेश गरेको आरोप, चिनियाँ सेनाले पहिला गोली चलाएको भारतको दाबी । ( भारत–चीनबीच आरोप प्रत्यारोप )
५) र, नेसन्स लिग फुटबलमा इटलीद्वारा नेदरल्यान्ड्स पराजित, आफ्नै घरेलु मैदानमा इटलीसँग १–० गोलअन्तरको हार, संघर्षपूर्ण जितमा निकोलो बेरेलाको गोल । ( नेदरल्यान्ड्समाथि इटलीको संघर्षपूर्ण जित )