काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३०० पुग्यो, काठमाडौं उपत्यकामा ३२६ सहित थप ९७९ जनामा कोरोना संक्रमण, ४७ हजार २३६ पुगे संक्रमित । ( नेपालमा ३०० पुगे मृतक )
२) खेतीयोग्य जग्गामा कित्ताकाट गर्न सकिने सरकारको निर्णय, भू–उपयोग नक्शा र डाटा तयार गरी स्थानीय तहलाई हस्तान्तरण नहुन्जेलसम्म जग्गामा कित्ताकाट गर्न सकिने । ( खेतीयोग्य जमिनमा कित्ताकाट खुल्यो )
३) २५ हजार टन मल ल्याउने शैलुङको टेन्डर सम्झौता खारेज, ५५ हजार टन ल्याउने बाटो कायमै, दुवै कम्पनीलाई कालो सूचीमा राख्ने र धरौटी रकम जफतको तयारी । ( शैलुङको टेन्डर सम्झौता खारेज )
४) सीमाक्षेत्रबाट चिनियाँ सेनाले आफ्ना पाँच नागरिक अपहरण गरेको भारतको आरोप, अपहरितका आफन्तले फेसबुकमा अपहरणमा परेको भनेर गरेको दाबीमाथि अनुसन्धान जारी । ( चीनमाथि भारतीय नागरिक अपहरणको आरोप )
५) र, सिपिएल क्रिकेटको लिग चरणको अन्तिम खेलमा पनि सेमिफाइनल पुगिसकेको जमैका तलावाज पराजित, सेन्ट लुसिया जुक्स ११ रनले विजयी, सन्दीपको १२ विकेट । ( अन्तिम खेलमा जमैका पराजित )