काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) हालसम्मकै बढी १४ जना कोरोना संक्रमितको मृत्यु, २२१ पुगे मृतक, काठमाडौं उपत्यकामा ४२९ सहित १ हजार २२१ जनामा संक्रमण, ३८ हजार ५६१ पुगे संक्रमित।
२) सामान्य अवस्था आएपछि मात्रै श्रम स्वीकृति दिइने श्रममन्त्री यादवको भनाइ, अलपत्र श्रमिकहरुको उद्धार तथा राहतका लागि ७ वटा मुलुकस्थित कुटनीतिक नियोगमा सेल्टर हाउस सञ्चालनमा ल्याइने।
३) नेपाल एयरलाइन्समा बेथिति ः २ अर्बका वायुयान मर्मत पार्टपुर्जा प्रयोगविहीन, सम्झौताविपरीत एयरबस–३२० को ‘सी चेक’,१२ वर्ष नाघेका पुराना वायुयान आयातमा प्रतिबन्ध।
४) ह्वाट्सएपले भारतीय जनता पाटीसँग गठबन्धन गरेको भन्दै कांग्रेसले लेख्यो जुकरबर्गलाई पत्र, ह्वाट्सएपले भाजपा सरकारलाई सहयोग गरेबापत मोदी सरकारले पनि ह्वाट्सएपलाई सहयोग गरेको कांग्रेसको दाबी।
५) र, इंग्लिस फुटबल क्लबहरु ब्राइटन र चेल्सीबीचको खेलमा एमेक्स स्टेडियममा ६ महिनापछि देखियो दर्शकसहितको फुटबल, शारीरिक दुरी बनाएर २५ सय दर्शकको उपश्थिति।