काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु, २०७ पुगे मृतक, काठमाडौं उपत्यकामा १८६ सहित थप ८८४ जनामा कोरोना संक्रमण, ३७ हजार ३४० पुगे संक्रमित ।
२) संसदीय समितिको हस्तक्षेपपछि पिउने पानीमा तोकिएको एमआरपी कार्यान्वयन रोकियो, बजार मूल्यभन्दा बढी एमआरपी तोकिएको भन्दै चर्को आलोचना भएपछि अध्ययन प्रतिवेदनसमेत समितिले झिकायो ।
३) उडान बन्द भएका ६ चिनियाँ जहाजको मूल्य ३ अर्ब ८१ करोड, खरिद गर्दा ६ अर्ब ६७ करोड, ६ वर्षमा २ अर्ब ३३ करोड सञ्चालन घाटा ।
४) राष्ट्रपतिमा जो बाइडेनले जिते अमेरिकी सपना ’ध्वस्त’ पार्ने ट्रम्पको चेतावनी, अमेरिकी सहरमा डेमोक्रेट पार्टीले ’हिंसात्मक अराजकता’ जारी राखेको आरोप ।
५) र, आइपिएलका लागि दुबईमा रहेका चेन्नई सुपर किंग्सका खेलाडी र कर्मचारी गरेर १२ जनामा कोरोना संक्रमण, संक्रमितहरु टिम रहेको होटलभन्दा भिन्नै होटलमा सरे, रैना फर्किए ।