काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) २४ घण्टायता थप ८ जना कोरोना संक्रमितको मृत्यु, १५७ पुगे मृतक, काठमाडौं उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना संक्रमण, ३२ हजार ६७८ पुगे संक्रमित । ( नेपालमा १५७ पुगे मृतक )
२) आर्थिक सहायताका नाममा गृहले मनमौजी बाँड्यो चार वर्षमा झण्डै एक अर्ब रुपैयाँ, ७ लाख पाउनेलाई दिइयो ३० लाख, आर्थिक सहायता पारदर्शीसमेत नभएको महालेखाको भनाइ । ( पारदर्शी भएन आर्थिक सहायता )
३) वर्षायाममा बिग्रिएका सडक तथा पुल निर्माण गर्न ३ अर्बभन्दा बढी खर्च लाग्ने सडक विभागको अनुमान, २ सय ११ स्थानमा क्षति । ( बिग्रिएका सडक÷पुल बनाउन ३ अर्ब लाग्ने )
४) अमेरिकी निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति ट्रम्पकी वरिष्ठ सल्लाहकार केलिनद्वारा राजीनामाको घोषणा, राजीनामाको निर्णय ’पूर्वव्यक्तिगत र आफ्नो रोजाइ’ भएको प्रतिक्रिया । ( ट्रम्पकी वरिष्ठ सल्लाहकारद्वारा राजीनामाको घोषणा )
५) र, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनलाई १–० ले हराउँदै जर्मन क्लब बायर्न म्युनिकले जित्यो च्याम्पियन्स लिग फुटबलको उपाधि, बन्यो छैटौँ च्याम्पियन्स लिग उपाधि विजेता । ( बायर्न म्युनिकले जित्यो च्याम्पियन्स लिग )