काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) ६ वर्षीया बालिकासहित थप ९ जना कोरोना संक्रमितको मृत्यु, १४६ पुगे मृतक, काठमाडौं उपत्यकामा २१६ सहित ६३४ जनामा कोरोना संक्रमण, ३१ हजार ११७ पुगे संक्रमित । ( नेपालमा १४६ पुगे मृतक )
२) छ महिनादेखि बेरोजगार खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू ‘सर्वहारामाथि अधिनायकवाद’ भएको कांग्रेसको आरोप, श्रमिकलाई ‘वर्ग शत्रु’को नजरले हेरिएको दाबी । ( ‘सर्वहारामाथि अधिनायकवाद’ भएको कांग्रेस आरोप )
३) वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरी उद्धार गरिएका कामदारलाई सरकारले आफ्नै खर्चमा क्वारेन्टाइन राख्ने, अन्यको हकमा आफ्नै खर्चमा क्वारेन्टाइन बस्नुपर्ने, तोकियो होटलको मूल्य । ( तोकियो होटलको मूल्य )
४) ’विष खुवाइएका’ आशंका गरिएका रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक एलेक्सी नभाल्नीलाई उपचारका लागि जर्मनी पु¥याइयो, उनको शरीरमा विष नपाइएको चिकित्सकहरूको प्रारम्भिक संकेत । ( एलेक्सी नभाल्नीलाई जर्मनी पु¥याइयो )
५) र, इटालिन क्लब इन्टर मिलानलाई ३–२ ले हराउँदै स्पेनिस क्लब सेभियाको कीर्तिमानी, छैटौं पटक युरोपा लिगको उपाधि, आत्मघाती गोल इन्टर मिलानको हारको कारण । ( इन्टर मिलानलाई युरोपा लिगको उपाधि )