काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेपालमा आइतबारसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु, काठमाडौं उपत्यकामा १७२ सहित थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ हजार ६६० पुग्यो ।
२) नेकपाको सचिवालय बैठक सोमबार बिहान ९ बजे बस्ने, कार्यदल गठनका बारेमा भ्रमात्मक प्रचार गर्नु गलत रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई ।
३) ‘हटस्पट’ विराटनगरः अस्पतालले बिरामीको चाप धान्न सकेन, ९९ संक्रमित होम आइसोलेसनमा, दैनिक ५० देखि ६० जनासम्ममा संक्रमण पुष्टि, मेयर भन्छन्–समुदायस्तरमा कोरोना फैलियो ।
४) कोरोनाविरुद्ध खोपको पहिलो खेप तयार भएको रुसको दाबी, यसै महिनाको अन्त्यसम्म बजारमा लगिने, प्रति महिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने ।
५) र, च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई हराउँदै फ्रेन्च क्लब लियोन सेमिफाइनलमा, अब लियोनले जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्ने ।