काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेपालमा हालसम्म ७९ कोरोना संक्रमितको मृत्यु, काठमाडौं उपत्यकामा ४४ संक्रमित सहित सोमबार थप ३३८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ हजार ३१० पुग्यो
२) सशस्त्र प्रहरीको औद्योगिक, राजस्व चुहावट र भन्सार सुरक्षा गुल्म हटाउने सरकारको निर्णय, तीन क्षेत्रका ४६ वटा गुल्म हटाएर ११७ वटा बोर्डर आउट पोइन्ट स्थापना गरिने
३) पहिलो पटक तोकियो जारको पिउने पानीको मूल्य, अधिकतम खुद्रा मूल्य प्रशोधित पिउने पानी प्रतिजार ५० रुपैयाँ र प्रतिकार्टुन १६ बोतल भएको १५० रुपैयाँ तोकियो
४) विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा हङकङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई प्रक्राउ, अहिलेसम्म पक्राउ पर्नेमध्ये लाई सबैभन्दा ठूला र विदेशी नागरिकता वाहक पहिलो व्यक्ति
५) र, विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा बस्ने राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलन, भदौ १ गतेबाट अभ्यास थालिने
पूरा समाचार भिडियोमा