काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गर्ने उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको निर्णय, भदौ ८ गते सम्म प्रशासनिक कार्य सबै बन्द, संक्रमण देखिएका ठाउँमा सिल गरिने
२) नेपालमा हालसम्म ७० जना कोरोना संक्रमितको मृत्यु, काठमाडौं उपत्यकामा १०६ जनासहित शुक्रबार ४६४ जनामा संक्रमण, संक्रमितको संख्या २२ हजार २१४ पुग्यो
३) नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सार्न शीर्ष तहका नेताहरुबीच अनौपचारिक सहमति, कोरोना संक्रमणको त्रास उत्तिकै रहेकाले २०७८ को बैशाख वा जेठमा सार्ने तयारी
४) श्रीलङ्का निर्वाचनमा महिन्द राजपाक्षे र गोटाबायाको दल अत्यधिक बहुमतले विजयी, २२५ सिट मध्ये १४५ स्थानमा जित, संवैधानिक परिवर्तनहरू गर्ने बाटो खुल्यो
५) र, १ सय ४९ दिनपछि फर्किएको च्याम्पियन्स लिग खेलमा शुक्रबार राति दुई खेल हुँदै, दोस्रो लेग खेलमा म्यानचेस्टर सिटीले रियल मड्रिड र युभेन्टसले लायोनसँग खेल्न
पूरा समाचार भिडियोमा