काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) थप २ जना कोरोना संक्रमितको मृत्यु, ६० पुगे मृतक, काठमाडौं उपत्यकामा ६२ सहित बुधबार थप ३८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ३९० पुग्यो
२) म नै पार्टी हुँ भन्ने ढङ्गबाट अध्यक्ष ओलीले एकलौटी ढंगले पार्टी चलाएको भन्दै प्रचण्ड–नेपाल पक्षको आक्रोश, सरकार अराजकतातर्फ गएको प्रचण्डको आरोप
३) विदेशबाट निःशुल्क उद्धारका लागि मलेसिया, खाडी लगायत विभिन्न ९ मुलुकाका ६ हजार श्रमिकको आवेदन, फिर्ती केन्द्रका ४१३ को विवरण प्राप्त, ६ हजारबारे छानबिन हुँदै
४) लेबननको राजधानी बेइरुतमा भएको वम विस्फोटनमा सय जनाको मृत्यु, चार हजार बढी घाइते, गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको अधिकारीहरूको भनाइ
५) र, इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई फेरि अर्को चुनौती, २०१७ देखि मुख्य प्रायोजकको रुपमा रहेको चिनियाँ मोबाइल उत्पादन कम्पनी भिभो आइपिएलको मुख्य प्रायोजकबाट पछि हट्यो
पूरा समाचार भिडियोमा