काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि, उपत्यकामा मात्रै ६६५ पुगे संक्रमित, सोमबार थपिएका ४१८ जनासहित संक्रमितको संख्या २० हजार ७५० पुग्यो ।
२) बालुवाटारमा शीर्ष नेताको बैठक सम्पन्न, पार्टी विवाद पहिला सचिवालयले टुंगो लगाउनुपर्ने अध्यक्ष ओलीको अडान, स्थायी कमिटी बैठकको पक्षमा अध्यक्ष प्रचण्ड र नेता खनाल ।
३) नेटवर्किङ धन्दा ः संसदीय समितिको निर्देशनपछि वस्तुको प्रत्यक्ष बिक्री वितरण गर्न इजाजत दिने काम रोकियो, इजाजत पाईसकेका कम्पनीको कारोबार भने रोकिएन ।
४) भारतको पन्जाबमा विषाक्त मदिरा सेवानबाट ९८ जनाको मृत्यु, घटनापछि पन्जाब सरकारद्वारा ‘एक्साइज र ट्याक्सेसन’ विभागका सात कर्मचारी र सात सुरक्षाकर्मी निलम्बित ।
५) र, इन्डियन प्रिमियर लिग क्रिकेट युएईमा गर्न भारत सरकारले अनुमति, सेप्टेम्बर १९ देखि नोभेम्बर १० तारिखसम्म प्रतियोगिता हुने, एक टिममा २४ खेलाडी मात्रै हुनुपर्ने ।
पूरा समाचार भिडियोमा