काठमाडौं- शनिबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) ३ हजार ३३१ जनाको पीसिआर परीक्षण गर्दा थप ५७ जनामा कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या १७ हजार ५०२ पुग्यो, ११ हजार ६३७ जना संक्रमणमुक्त । (नेपालमा साढे १७ हजार संक्रमित)
२) नेकपा सचिवालय बैठकमा दुई मन्त्री र एक मुख्यमन्त्रीको प्रवेश, दिउँसो सवा तीनदेखि बालुवाटारमा सुरु भएको बैठक जारी, निकास निकाल्ने अपेक्षा (नेकपा सचिवालय बैठकमा मन्त्रीहरुको प्रवेश)
३) नेपाललगायत अन्य छिमेकी देश भारतप्रति नकारात्मक भएको भारतीय कांग्रेस आईका पूर्वअध्यक्ष राहुल गान्धीको टिप्पणी, विदेशमन्त्री जयशंकरको जवाफ– नेपालसँगको सम्बन्धबारे नेपालीलाई सोध्नू। ( ‘नेपालसँगको सम्बन्धबारे नेपालीलाई सोध्नू’)
४) बार्सिलोनाका ४० लाख मानिसलाई १५ दिनसम्म घरमै बस्न आदेश, उत्तरपूर्वी शहर बाहिर रहेका घरहरूमा लगभग दुई हप्तासम्मको अवधिमा भागेर नजान आग्रह । (बार्सिलोनामा पुनः लकडाउन)
५) र, इंग्ल्यान्डद्वारा वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट क्रिकेट खेलको आफ्नो पहिलो पारीमा बलियो स्थितिमा, उपकप्तान स्टोक्स र सिब्लीको शतकसँगै ९ विकेटको क्षतिमा ४६९ रन । ( स्टोक्स र सिब्लीको शतक )