काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) ऋणीलाई सुविधा दिने र नयाँ ऋण विस्तार गर्ने गरी मौद्रिक नीति सार्वजनिक, मूल्यवृद्धि ७ प्रतिशत कायम गर्ने लक्ष्य, लघुवित्तको लाइसेन्स रोकियो । (मौद्रिक नीति सार्वजनिक )
२) कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, ४० पुगे मृतक, शुक्रबार थपिएका १०१ जनासहित संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो । (नेपालमा ४० पुगे मृतक )
३) जन–प्रशासन क्याम्पसमा प्रश्नपत्र आउट प्रकरण ः डिन कार्यालयले लियो तत्कालीन केन्द्राध्यक्ष शाहीसँग स्पष्टीकरण, आफूहरुले कुनै गल्ती नगरेको र छानबिनका लागि तयार रहेको शाहीको भनाइ । ( तत्कालीन केन्द्राध्यक्षसँग स्पष्टीकरण माग)
४) अमेरिकाको सङ्घीय जाँच ब्यूरोद्वारा चर्चित व्यक्ति एवम् अन्तर्राष्ट्रिय कम्पनीका ट्विटर एकाउन्ट ’ह्याकिङ’ को अनुसन्धान सुरु, विज्ञहरू भन्छन्, ’अझ बढी क्षति हुनसक्थ्यो’। (ट्वीटर ’ह्याक’ः एफबीआईले थाल्यो अनुसन्धान)
५) र, बार्सिलोनाभन्दा सात अंकले अघि रहेर एक खेल बाँकी छँदै रियल मड्रिडले जित्यो स्पेनिस ला लिगाको उपाधि, प्रशिक्षक जिदानको ११औँ उपाधि । ( स्पेनिस ला लिगाको उपाधि रियललाई )