काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) देशभर अविरल वर्षाका कारण शुक्रबार बेलुका ४ बजेसम्म ११ जनाको मृत्यु, ४२ बेपत्ता, १५ जना घाइते, करिब ५ सय मेगावाट विद्युत् उत्पादन बन्द । ( पहिरोमा परी ११ जनाको मृत्यु )
२) काठमाडौं उपत्यकामा थप ४२ जनासहित शुक्रबार थप ११८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो, ८ हजार ११ जना उपचारपछि निको । ( काठमाडौं उपत्यकामा थप ४२ जनामा कोरोना )
३) सलहका नयाँ र ठूला झुण्ड फेरी नेपाल भित्रने सम्भावना, तराइ र भित्रीमधेशका भूभागहरुमा आवश्यक पूर्वतयारी गर्न तथा विशेष सतर्कता अपनाउन निर्देशन । ( सलह फेरी भित्रने सम्भावना )
४) ट्रम्पका कर विवरण न्यूयोर्कका अभियोजनकर्ताले हेर्न पाउने अमेरिकाको सर्वोच्च अदालतको फैसला, आफू राजनीतिक स्वार्थप्रेरित कारबाहीबाट पीडित भएको ट्रम्पको प्रतिक्रिया । ( कारबाहीबाट पीडित भएको ट्रम्पको प्रतिक्रिया )
५) र, जारी सिजनको च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल खेलको तालिका टुंगो लाग्यो, अन्तिम १६ बाट क्वाटरफाइनल पुग्ने चार टिमको टुंगो लाग्नुपहिले नै ड्र सार्वजनिक । ( च्याम्पियन्स लिग क्वाटरफाइनको तालिका सार्वजनिक )