काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेपालमा कोरोना भाइरस संक्रमण भएका थप एक जनाको मृत्यु, ३५ पुगे मृतक, काठमाडौं उपत्यकामा सोमबार थपिएका ५४ सहित देशभर संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो । ( नेपालमा ३५ पुगे मृतक)
२) सोमबार बोलाइएको नेकपा स्थायी कमिटी बैठक असार २४ गतेसम्म स्थगित, पार्टीभित्रको विवाद दुई अध्यक्षले मात्रै वार्ताबाट टुंग्याउने सहमति । (विवाद टुंग्याउने जिम्मा अध्यक्षद्वयलाई)
३) एसइईको नतिजा साउन १५ मा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी, कक्षा ११ को परीक्षा विद्यालयले लिने भएसँगै अब कक्षा १२ को परीक्षा मात्र बोर्डले लिने । (कक्षा १२ मा मात्रै बोर्ड परीक्षा)
४) भारत–चीन सीमा विवाद ः गलवान क्षेत्रबाट पछि हट्यो चिनियाँ सेना, दुवै सेनाले लगाएका पाल र अन्य अस्थायी संरचना हटाउने प्रक्रिया सुरु । (गलवानबाट पछि हट्यो चिनियाँ सेना)
५) र, स्पेनिस ला लिगाको उपाधि दौडमा कमजोर बनेको बार्सिलोनाको भिल्लारियलविरुद्ध ४–१ गोल अन्तरको सहज जित, शीर्षस्थानको रियल मड्रिड चार अंकले अगाडि । (बार्सिलोनालाई राहत)