काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचार (भिडियो)का प्रमुख शीर्षकहरूः
१) नेकपा स्थायी कमिटीमा प्रधानमन्त्री ओलीलाई हटाउन सक्रिय हुनेहरूको जानकारी दिन माग, प्रचण्डले भने– दिल्लीले होइन मैले भनेको हुँ, प्रधानमन्त्री र अध्यक्ष छाड्नुस् । (प्रधानमन्त्री ओलीलाई आफ्नै अभिव्यक्ति भारी)
२) काठमाडौं, भक्तपुर र ललितपुरमा १४ जनासहित देशभर थप ३१६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो, ३ हजार १९४ जना निको भए । ( १३ हजार ५६४ पुगे संक्रमित )
३) संसदीय समितिबाट पारित निजामति सेवा ऐनले नायब सुब्बाहरुको ‘घाँटी निमोठ्ने’ काम गरेको भन्दै सिंहदरबारभित्रै विरोध प्रदर्शन, कर्मचारीको वृत्तिविकास कमजोर बनाउन खोजिएको भन्दै आक्रोश व्यक्त । (सिंहदरबारभित्रै नासुको प्रदर्शन)
४) कोरोना भाइरसका कारण एक वर्षका लागि स¥यो साफ च्याम्पियनसिप फुटबल, पुरुष र महिलाको साफ यु–१५ र महिलाको यु–१८ साफ च्याम्पियनसिप भने अन्योलमै । ( साफ च्याम्पियनसिको मिति स¥यो)
५) र, चीनमा भेटियो महामारीको रूप लिन सक्ने नयाँ फ्लु भाइरस, एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले विश्वव्यापी महामारीको रूप लिन सक्नेमा वैज्ञानिकहरू चिन्तित । ( चीनमा नयाँ फ्लु भाइरस )