• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

१० करोड घुसमा २५ सय लाइसेन्स बिक्री

64x64
नेपाल लाइभ बुधबार, पुस १२, २०७४  २२:०९
1140x725

काठमाडौं– यातायात व्यवस्था कार्यालय सुकेधाराबाट नेपालीकरण गरिएका करिब २५ सय लाइसेन्समाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि बढाएको छ। ती लाइसेन्स वितरणमा कार्यालयका कर्मचारीले करिब १० करोड रुपैयाँ घुस असुलेको यातायात व्यवस्था विभागकै आन्तरिक अनुसन्धानमा खुलेको छ।

सोमबार ३२ हजार घुससहित कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेपछि लामो समयदेखि लाइसेन्स बिक्री हुँदै आएको खुलेको हो। यातायात व्यवस्था विभाग स्रोतका अनुसार नक्कली कागजपत्रका आधारमा करिब २ हजार ६ सय विदेशी लाइसेन्सलाई नेपालीकरण गरिएको छ। ‘त्यसमध्ये ९५ प्रतिशत लाइसेन्स नक्कली कागजपत्रका आधारमा वितरण भएको देखिन्छ,’ सुकेधारा कार्यालयमा हुने अनियमितताको अनुसन्धानमा आबद्ध विभागका एक अधिकारीले भने।

१० करोड घुस 

सुकेधारामा यातायात व्यवस्था कार्यालय गत वर्ष पुसमा स्थापना भएको हो। वैशाखदेखि कार्यालयबाट सबै सेवा सुरु गरिएको थियो। ८ मिहनाकै अवधिमा कार्यालयबाट २ हजार ६ सय विदेशी लाइसेन्सलाई नेपालीकरण गरिएको छ। सो कार्यालयबाट ठूलो संख्यामा लाइसेन्स नेपालीकरण भएपछि विभागले त्यहाँ छानबिन गरिसकेको थियो।  छानबिन चलिरहेकै बेला सोही प्रकरणमा आइतबार २ कर्मचारी ३२ हजार घुससहित पक्राउ परे।

प्रारम्भिक अनुसन्धानमा एउटा लाइसेन्स नेपालीकरण गर्दा २५ हजारदेखि ८० हजारसम्म घुस लिने गरेको पाइएको छ। जसअनुसार यो अवधिमा लाइसेन्स नेपालीकरणका नाममा करिब १० करोड घुस लेनदेन भएको विभागकै छानबिनबाट खुलेको छ। विभागका निर्देशक किरण ढकालको नेतृत्वको टिमले सुकेधारा कार्यालयमा छानबिन गरिरहेको छ। जुन समितिले बुधबार महानिर्देशकलाई प्रतिवेदन बुझाउँदैछ। ‘प्रारम्भिक छानबिनमा सुकेधारा शाखामा धेरै बदमासी देखिएको छ,’ विभागका महानिर्देशक रुपनारायण भट्टराईले नेपाल लाइभसँग भने, ‘एक जना पनि दोषी कर्मचारी उम्कने छैनन्, सबैलाई अख्तियारमा बुझाउँछु।’

संगठित भ्रष्टाचार 

नेपालमा काम गर्ने विदेशी नागरिकको सुविधालाई लक्षित गरी यातायात व्यवस्था विभागमा कुनै व्यक्तिसँग अन्य देशको लाइसेन्स भएमा ती व्यक्तिले नेपालमा सवारी चलाउन पाउने प्रावधान छ। त्यस्ता व्यक्तिले नेपालमा छुट्टै लिखित परीक्षा र ट्रायल दिनुपर्दैन। उनीहरुले सम्पूर्ण कागजपत्र पेश गर्न सके सिधैं नेपाली लाइसेन्स पाउँछन्। जसलाई लाइसेन्सको नेपालीकरण भनिन्छ।

त्यही सुविधाको दुरुपयोग गरी यातायातका कर्मचारीले लाइसेन्स बिक्री गर्दै आएका हुन्। लाइसेन्स लिन चाहनेहरुको सक्कली जस्तै देखिने विभिन्न देशको नक्कली लाइसेन्स बनाउने र त्यसैका आधारमा नेपालीकरण भन्दै नयाँ लाइसेन्स लिने गरेका हुन्। विदेशमा काम गर्न जाँदा खाडी देशमा लाइसेन्स बनाएको भन्दै ती लाइसेन्सलाई नेपालीकरणको नाममा लाइसेन्स बिक्रीको धन्दा चल्दै आएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

दलालहरुले विदेशको लाइसेन्सदेखि दूतावासको सिफारिस लगायत सबै कागजपत्र नक्कली बनाएर नेपाली लाइसेन्स उपलब्ध गराउँदै आएका थिए। यस्तो धन्दाबारे यातायात व्यवस्था कार्यालयका सबै कर्मचारीलाई थाहा छ। मिलेमतोमै उनीहरुले नेपालीकरणको नाममा सवारी चलाउनै नजान्नेलाई समेत लाइसेन्स वितरण गर्दै आएका थिए।

कार्यालय प्रमुखले भने– गाइडलाइन मलाई थाहा छैन

यातायात व्यवस्था विभागले नेपालीकरणको नाममा बदमासी नहोस् भनेर त्यससम्बन्धी गाइडलाइन बनाएको छ। तर, सुकेधारास्थित यातायात कार्यालयका प्रमुख सुन्दर भट्टराईले गाइडलाइनबारे आफूलाई केही थाहै नभएको बताएका छन्।

मंगलबार विभागका महानिर्देशक भट्टराईले उपत्यकाका सबै यातायात कार्यालयका प्रमुखलाई बोलाएर कार्यशैलीमा सुधार गर्न निर्देशन दिएका थिए। नेपालीकरणको नाममा व्यापक उजुरी आएको भन्दै उनले सबैलाई कारबाहीको चेतावनी दिएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

खासगरी, सुधेधारा कार्यालयबाट नेपालीकरणको नाममा नक्कली कागजपत्रका आधारमा लाइसेन्स वितरण हुँदै आएको भन्दै उनले गाइडलाइन अनुसार काम गर्न निर्देशन दिए। तर, सुकेधारा कार्यालयका प्रमुख भट्टराईले भने, 'कुन गाइडलाइन सर, मलाई त थाहा नै छैन।’ उनको भनाइले पनि यातायात कार्यालयबाट कसरी नेपालीकरणको नाममा चलखेल भइरहेको छ भन्ने प्रस्ट हुन्छ।

चारै कार्यालयमाथि छानबिन 

उपत्यकाका अन्य यातायात कार्यालयहरुबाट पनि विदेशी लाइसेन्सनको नेपालीकरण हुन्छ। तर, अन्य कार्यालयबाट तुलनात्मक रुपमा कम बदमासी भएको छ। विभागले चारै वटा कार्यालयमा छानबिन गरिरहेको छ। छुट्टाछुट्टै छानबिन समिति बनाएर विभागले अनुसन्धान गरिरहेको छ। एकान्तकुना, स्वयम्भु र जगाती कार्यालयमा पनि नेपालीकरणका नाममा बदमासी भएको सूचनाका आधारमा विभागले छानबिन गरिरहेको छ। सबै कार्यालयहरुका फाइल समेत लिएर अनुसन्धान अघि बढाइएको महानिर्देशक भट्टराई बताउँछन्।

अख्तियारले विस्तृत छानबिन गर्ने 

अख्तियारले आइतबार नासु यादव पौडेल र खरिदार सुमन पोखरेललाई ३२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो। उनीहरुले साउदी अरेबियाको नक्कली लाइसेन्स र दूतावासको नक्कली पत्रका आधारमा नेपाली लाइसेन्स दिन लागेका थिए। बागबजारका साइबरहरुमा नक्कली लाइसेन्स र दूतावासका पत्र बन्ने गरेको थियो।

विगतमा वितरण भएका लाइसेन्सको पनि आफूहरुले छानबिन गर्ने अख्तियारका सहायक प्रवक्ता खगेन्द्र रिजालले बताए। त्यसरी वितरण भएका नक्कली लाइसेन्स समेत खारेज गरी लाइसेन्स लिनेहरुमाथि पनि प्रहरीमार्फत छानबिन गर्ने अख्तियारको तयारी छ। स्रोतका अनुसार लाइसेन्स नेपालीकरणमा उपत्यकाका चारवटै यातायात कार्यालयका दर्जनभन्दा बढी कर्मचारीको मिलेमतो रहेको विभागकै छानबिनमा खुलिसकेको छ।

प्रकाशित मिति: बुधबार, पुस १२, २०७४  २२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
कहाँ छन् रवि लामिछाने? लामिछाने कात्तिक ६ गतेदेखि तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भन्दै भारत प्रस्थान गरेका थिए। आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत विश्वव्यापी रूपमा जलवायु अनुकूलनका लागि वित्तीय स्रोतको उच्च माग रहेको र कोषको स्रोत सीमित रहेको अवस्थामा पनि नेपालद्वारा प्रस्तुत त... आइतबार, कात्तिक ८, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्