काठमाडौं– बुधबार बत्तीसपुतलीमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ।
बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा.५५ प १३८७ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकोछ । उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।